लकडाउन खुले पनि काठमाडौँ उपत्यका छिर्न पास चाहिने

काठमाडौँ  । लकडाउन अन्त्य भएपनि काठमाडौँ उपत्यका भित्रिन पास चाहिने व्यवस्थालाई भने यथावत राखिएको छ । उपत्यकामा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पासको व्यवस्थालाई निरन्तरता दिइएको सरकारको भनाइ रहेको छ । साउन ५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयले करिब ४ महिनादेखि जारी लकडाउन अन्त्य गर्ने घोषणा गरेको थियो । यद्यपि सुरक्षा अपनाउनुपर्ने भन्दै केही प्रतिबन्धहरु यथावत राखिएका छन् ।

सरकारले विभिन्न मनोरञ्जनात्मक क्षेत्रहरुमा प्रतिबन्ध कायमै राखेको छ । सरकारले सेमिनार, बैठक, ब्युटी पार्लर, हेल्थ क्लब, सैलुन, धार्मिक स्थल सञ्चालन प्रतिबन्ध भने कायमै राखेको छ । संक्रमण बढ्यो भने सरकारले खुला गरेका क्षेत्र पुनः बन्द गर्न सक्ने समेत निर्णय गरेको जनाएको छ ।