नेकपा स्थायी समिति बैठक सकियो, अर्को बैठक १३ गते बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सबा १ बजे बसेको बैठक आधा घण्टामै सकिएको हो ।

बैठकमा अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय भएको बताइएको छ ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भने उपस्थिति थिएन ।  अर्को बैठक साउन १३ गते बिहान ११ बजे बस्ने भएकाे छ ।