सहमतिबाटै उचित निकास दिने: ओली-प्रचण्ड मिलेको संकेत

काठमाडौँ, ३ साउन । सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय उठेन ।

अर्का अध्यक्ष पुष्पकमपल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामाको मागबाट लचिलो बनेका छन् ।

शनिबारको बैठकमा अध्यक्षद्धय सकारात्मक रुपमा प्रस्तुत हुनुले दुवै मिलेको भनेर अड्कल काट्न थालिएको छ ।

सहमतिबाटै उचित निकास दिनेमा दुवै अध्यक्ष लागेको एक सचिवालय सदस्यले बताएका छन् । यद्यपि ठोस निष्कर्ष ननिस्केकाले छलफल जारी राख्नेमा सहमति भएको जनाइएको छ ।

शनिबारको बैठकमा प्रचण्डले प्रधानमन्त्रीको राजीनामाको विषय उठान नै नगरेको बताइएको छ । पार्टीको एकतालाई बचाएर सुदृढ गर्दै लाने विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।

त्यस्तै, सचिवालय बैठक सकिएलगत्तै ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको छ ।
उनीहरु किन भेटन् गएका हुन् भन्नेबारे केही खुलाइएको छैन ।