पार्टी फुट्दैन हामी अन्तिम समयसम्म मिल्छौेंः नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नफुट्ने उद्घोष गरेका छन् । बाढी प्रभावित माडीका विभिन्न क्षेत्रको निरीक्षण पश्चात आज नेकपा माडीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरे ।
उनले पार्टी फुटिहाल्यो जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री कार्यकर्तालाई एकढिक्का हुन आग्रह गरे । ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं, अध्यक्ष प्रचण्डले भने’, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन् ।’ उनले कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको बताए । ‘केही तत्वले कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं,उनले भने ।