बझाङमा पहिरोले १७ घर बगायो, ७ जना बेपत्ता

आशिषबहादुर सिंह
बझाङ । केदारस्युँ गाउँपालिकामा पहिरोले १७ घर बगाएको छ । पहिरोमा ७ जना बेपत्ता भएका छन् ।  गाउँपालिकाको वडा नम्बर ८ को बस्तीमा बिहीबार राति पहिरो गएको हो ।

पहिरोले गाउँको बस्ती नै बगाएको वडानम्बर ८ मल्लेसका बासिन्दा लोकेन्द्र विकले जानकारी दिनुभएको छ । विकका अनुसार पहिरोमा ७ जना बेपत्ता भएका छन् । घटना लगत्तै पहिरो स्थलतर्फ उद्धार टोली परिचालन भइसकेको जिल्ला प्रहरी प्रमुख गणेश बमले बताउनु भयो ।

प्रहरी प्रमुख बमका अनुसार पहिरो गएको स्थलतर्फ जाने बाटो खोलाको किनारमा छ । खोलामा पानीको बहाव बढी भएको कारण प्रहरी टोली घटनास्थल पुग्न कठिनाइ भएको छ ।