त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

काठमाडाैँ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले शिशुको मृत्यु भएको पुष्टि गरेका छन ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए । शिशुको मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । शिशुको बुधबार साँझ मृत्यु भएको हो ।