चितवनको कालिकामा एक गर्भवती महिला सहित आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि

चितवन, असार १७ ।  चितवनमा आज (बुधबार) राती थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राती कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कालिका नगरपालिका ७ कि २७ वर्षीया एक महिला र कालिका १ का ३६ वर्षका एक पुरुष रहेका छन् । ती महिला गर्भवती हुन । उनी कतारबाट आइ जुटपानी बजारको बिधालयको क्वारेन्टाइनमा बसि रहेकी छन । त्यस्तै ती पुरुष भारतबाट आइ  कालिका १ को समिपुर बिधालयको क्वारेन्टाइनमा बसिरहेका छन ।

आज बिहान मात्रै चितवनका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विहान संक्रमण पुष्टि हुनेमा भरतपुरका ९, माडीका २, राप्तीका एक र खैरहनी नगरपालिकाका एक जना रहेका छन् ।

योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

बुधबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कुल ११९ वटा नमुनाको परीक्षण गरिएको थियो ।