चितवनका १३ जना सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मंगलबार परीक्षण गरिएका १०१ नमुनामध्ये चितवनका १३ सहित २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । बाँकी ७६ वटा नमुनाको नतिजा नेगिटिभ रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । अद्यावधिक विवरण अनुसार भरतपुर अस्पतालमा रहेका माडी ५ र ३ का २५ र ७३ वर्षका २ पुरुष, भरतपुर महानगरपालिका वडा नं. ७ र २२ बस्ने वर्ष २६ र ५० का पुरुष २ जना, भमनपा ११ वस्ने वर्ष ४५ की महिला १ जना, र दमक ३ वस्ने वर्ष ३५ को महिला १ गरि जम्मा ६ जना, गैडाकोट नगरपालिका वस्ने विभिन्न उमेर समूहका २ महिला सहित ८ पुरुष छन् ।
यसैगरी सेन्ट्रल अस्पतालमा उपचारमा रहेका गोर्खा मनकामना वस्ने ३० वर्षकी महिला १ जना, नारायणी सामुदायिक अस्पतालमा उपचारमा रहेका भमनपा ७ का ६१ वर्षका पुरुष १ र १२ वर्षकी महिला १ गरि जम्मा २ जना, भमनपा ९, ४, २२, २५ र २६ वस्ने वर्ष ४८, ४०, २१, २५, २६ ,र २२ का पुरुष ६ जना गरी २५ जनामा कोभिड–१९ पुष्टि भएको हो ।