सरकारी गाडी चढेर शनिबारको दिन गैँडाकोटकी उपमेयर बिहेभोजमा

गैँडाकोट । लकडाउनको समयमा सरकारले बिहेमा हुने सहभागिको संख्या र भोजमा कडाइ गरेको छ । कुनै पनि विवाह उत्सव वा सांस्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी उपस्थित हुन नपाउने सरकारी निर्देशन छ । तर, सरकारी निर्देशनलाई बेवास्ता गर्दै कतिपय भने भव्य बिहे भोजको आयोजना गरिरहेका भेटिन्छन् । अचम्मको कुरा त के छ भने गैँडाकोटकी उपमेयर विष्णुकुमारी कँडेल आफैँ आज शनिबार दिन सरकारी गाडी चढेर बिहेभोजमा पुगिन् । यो लकडाउनको समयमा सरकारी साधनस्रोत र निर्देशनको चरम दुरुपयोग थियो ।