काेराेना भाइरसकाे संक्रमणबाट गण्डकी प्रदेशमा एक जनाकाे मृत्यु

पोखरा, ११ असार । गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । याेसँग काेराेनाकेा संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

बुधबार बेलुका ११:३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक सह.प्रा.डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।

असार ८ गते भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

यस अगाडि कोभिड-१९ पोजेटिभ भई उपचारको क्रममा प्रतिष्ठानमा स्याङ्जाकै बिरामीको पोखरामा मृत्यु भएको थियो ।