१३ सय नेपालीले अष्ट्रेलियाबाट फर्किन फाराम भरे, २५९ नेपाली आज आउँदै

काठमाडौं, असार ९ । अष्ट्रेलियाबाट आज हुने ‘उद्धार’ उडानमार्फत् २५९ जना नेपालीहरु काठमाडौं फर्किँदैछन् । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंका लागि उड्ने छ ।

सो फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन् । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया पुगेका हुन् । नेपाल फर्किन १३ सय जनाले फाराम भरेका थिए ।

तर पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरुले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ ।