नेपालमा कोरोना नफैलिएका यी २ जिल्ला मात्रै

काठमाडौँ, ७ असार । नेपालमा ७७ मध्ये ७५ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ सय २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । यससँगै संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।

त्यस्तै, हालसम्म कोरोना संक्रमण नभेटिएका जिल्ला २ वटा रहेका छन् । अहिलेसम्म रसुवा र ओखलढुंगामा कोरोना देखिएको छैन ।