मनाङमा पनि कोरोना, नेपालमा बिहानै थपिए ४२ संक्रमित

काठमाडौँ । बिहीबार बिहानै नेपालमा थप ४२ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

आज गण्डकी प्रदेशका ४ जिल्लामा ४२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थय निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पूवी नवलपरासी (सुस्ता पर्व) १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण देखिएको हो । मनाङमा पनि कोरोना पोजेटिभ देखिएसँगै गण्डकीका ११ जिल्लामध्ये कोरोना संक्रमण १० जिल्लामा फैलिएको छ । मुस्ताङेमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छ्रैन ।

मनाङ्मा कोरोना पोजेटिभ देखिएका व्यक्ति कपिलबस्तुबाट फर्किएका हुन् भने अन्य नागरिक सबै भातबाट नेपाल आएका थिए । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेशनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।