नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो

चितवन ३ असार । १४ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडकखण्ड फेरि बन्द भएको छ । साँझ ६ः३० सडक एकतर्फी संचालनमा आएको सडकमा फेरि पहिरो गएको हो । सडक संचालनमा आएको एक घण्टा पश्चात फेरि पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
इच्छाकामना गाउँपालिका–६ स्थित नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला भन्ने स्थानमा आज बिहान पहिरो खस्दा बाटो दुईतर्फी बाटो अवरुद्ध भएको छ । दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी साँझ ६ः३० पहिरो हटाईएको थियो । त्यसपछि फेरि पहिरो गएको हो ।

विहान ४ः१५ बजेदेखि सो क्षेत्रमा पहिरो खस्न थालेको थियो । बाटो बन्द भएपछि थुप्रै सवारी साधनहरु बाटोमै रोकिएका छन । लकडाउन खुकुलो भएसंगै सवारी आगमन बढेकाले बाटोमा सवारीको लाम लागेको थियो । वर्षायामसंगै यस सडकखण्डमा पुनः पहिरो खस्न थालेको छ । आज पहिरो खसेको स्थानमा पहिरो नियन्त्रणका लागि जाली समेत लगाईएको छ ।