नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुग्यो

काठमाडौं, ३ असार। नेपालमा थप ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार ४० जना महिलामा र ५ सय ४६ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोना संक्रमणका कारण बुधबारसम्म २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।