नारायणगढ–मुग्लिन सडक खण्डमा राती गएको पहिरोले यातायात अझै अवरुद्ध: संचालन हुन अझै २/३ घण्टा लाग्ने

चितवन ३ असार । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा दुईतर्फी रुपमा नै यातायात अबरुद्ध भइरहेको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–६ नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला भन्ने स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।


अहिले पनि पहिरो खसि रहेकाले पहिरो पन्छ्याउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता सूर्य थापाले जानकारी दिनु भयो । विहान ४ः१५ बजेदेखि सो क्षेत्रमा पहिरो खस्न थालेको थियो । डोजरको सहायताले पहिरो पन्छाउने काम भैरहेको र सो सडक सुचारू हुुन अझै ३र४ घण्टा लाग्न्ने उहाँले जानकारी दिनु भयो ।


सो सडक अबरुद्ध भएपछि अहिले सयौं सवारी साधनहरु बाटोमै रोकिएका छन् । लकडाउन खुकुलो भएसंगै सवारी आगमन बढेकाले बाटोमा सवारीको लाम लागेको छ ।