बदेलको आक्रमणबाट कालिका- १ लंकालाईनका एक जना घाइते 

चितवन । कालिका नगरपालिका १, लंकालाईनमा बदेलको आक्रमणमा परी एक जना घाइते भएका छन ।
आज विहान ७:३० बजेको समयमा कालिका नगरपालिका १ पन्चकन्या  सामुदायिक बन छेउमा साइकलमा घर फर्कदै गरेका कालिका १ बस्ने बर्ष ३२ का रन्जित श्रेष्ठलाई बदेलले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेको उपचारको लागि तत्काल भरतपुर अस्पतालमा लगिए पनि सो अस्पतालमा  डाक्टरहरु नभएकोले सिघ्र उपचारका  लागि पुरानो मेडीकल कलेजमा लगि उपचार  भई रहेको घाइतेका छिमेकी राजु राईले जानकारी दिनु भएको छ । बदेलले आक्रमण गर्दा श्रेष्ठको दाहिने कोखामा ३ इन्च गहिरो घाउ भएकाले बोल्न सक्ने भए पनि सास फेर्न गाह्रो महसुस भएकाले अक्सिजन  दिएर उपचार भैरहेको राईले जानकारी दिनु भयो ।