नेपाल प्रहरीका ३६ जना एसपी सरुवा (नामावली सहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरिक्षक (एसपी)हरुको सरुवा गरेको छ।

सोमबार निकालिएको सरुवा सूची अनुसार मोरङमा सन्तोष खड्काको सरुवा भएको छ भने कास्की जिल्लामा जिबन श्रेष्ठलाई पठाइएको छ। त्यस्तै कपिलबस्तुमा नवराज अधिकारी र बाँकेमा ओम रानाको सरुवा भएको छ।

त्यस्तै पाल्पामा दिपक खरेल र तनहुँमा अरुण पौडेलको सरुवा भएको छ।