गाेरखामा थप १० जनामा कोरोना पुष्टि

गाेरखा, २ असार । गोरखा जिल्लामा थप १० जनामा कोरोना पुष्टि भएको छ । गोरखा नगरपालिकाको मनकामना बहिरा मावि क्वारेण्टाइनमा रहेका आठ जनामा र बारपाक सुलीकोट गाउँपालिकाको क्वारेण्टाइनमा रहेका दुई जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलय पोखराले जनाएको छ ।

मनकामना बहिरा मावि क्वारेण्टाइनका एक संक्रमित काठमाडौबाट आएका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । अन्य संक्रमित मध्य अधिकांश वडा नं १ रहेका छन् ।

योसंगै गोरखामा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । यसअघि गण्डकी गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनमा रहेका नौजनामा, पालुङ्टार ७ का एकजनामा र भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनका ४ जनामा कोरोना पुष्टि भएको थियो ।