कालिकाका कोरोना संक्रमितको स्थाई घर धादिङ र उनि भारतबाट आई सिधै कालिका-६ को क्वारेन्टाइनमा 

चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएका कालिका नगरपालिका– ६ का भनिएका २० वर्षीय युवकको स्थाइ घर धादिङ रहेको खुलेको छ ।
ती पुरुष भारतबाटआइ  सोही वडाको रेडक्रसग्राम स्कुलको क्वारेन्टाइनमा गत जेष्ठ १६ गतेदेखि बसेका थिए । उनको स्थाइ घर धादिङ रहेको र उनको परिवार मात्र कालिका-६ मा कोठा भाडामा बस्दै आएका छन । ती संक्रमित युवक भारतको सुनौली नाका हुँदै चितवन आइपुगेका थिए । उनी भारतबाट आइ परिवारको सम्पर्कमा गएका थिएनन् । सो क्वारेन्टाइनमा हाल १० जना पुरुषहरु रहेका छन। उनीहरु सबै भारत बाटै आएका हुन । उनिसहित सबैको स्वास्थ अबस्था सामान्य रहेको छ ।