भरतपुर सरकारी अस्पतालमा उपचाररत एक काेराेना संक्रमित पुरुषकाे मृत्यु

चितवन ।  चितवनको भरतपुरका काेराेना संक्रमित मध्य आज बिहान एकजनाकाे मृत्यु भएको छ । भरतपुर महानगरपालिकाका स्थानीय ६८ बर्षिय पुरुषकाे आज बिहान ७ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले चितवनले जनाएको छ । शव अहिलेे भरतपुर अस्पताल राखिएको छ। उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । काेेराेेना पुष्टि भए पछि उनलाई हिजाे सांझ भरतपुर सरकारी अस्पताल सारिएको थियाे ।