नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको सख्या १४, संक्रमित ३ हजार ७ सय ६२

नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरस संक्रमण पुष्टि भएका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ का ५८ वर्षिय पुरुषको आज निधन भएपछि कूल मृतकको संख्या १४ पुगेको जानकारी दिनुभयो ।

यसैगरी आज थप ३ सय १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज थप २ सय ९४ जना पुरुष र २० जना महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ६ जना, सुनसरीका १ जना र मोरङका ९ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका ३ जना, पाँचथरका १ जना र सप्तरी राजविराजका ६ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरीएको परीक्षणमा १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपूरमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङजा र कास्कीका १–१ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ७ जना, रौतहटका ४ जना र पर्साका ८ जना, राप्ती अस्पतालमा गरिएको परीक्षणमा दाङका ४ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १ जना र बर्दियाका १८ जना, सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १० जना सल्यानका ५ जना, र सुर्खेतका १ जना, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

लुम्बनी अस्पतालमा गरिएको परीक्षणमा गुल्मीका १ जना, कपिलवस्तुका १७ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कपिलवस्तुका ७ जना, महोत्तरीका १२ जना, रौतहटका ७ जना र सर्लाहीका १ सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता डा गौतमले दिनुभएको जानकारी अनुसार नेपालमा हाल सम्म ७१ जिल्लाका ३ हजार ५ सय ६ जना पुरुष र २ सय ५६ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप २१ कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या ४ सय ८८ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप १ जना महिला र २० जना पुरुष कोरोना मुक्त भएका छन् ।

आज सुशील कोईराला प्रखर क्यान्सर अस्पतालबाट बाँके नरैनापुरका २० जना र कोभिड १९ युनिफाईट अस्पताल बलम्बुबाट १ जना कोरोना मुक्त भई घर फकिएको मन्त्रालयले जनाएको छ ।

हाल सम्म जम्मा ४ सय १९ जना पुरुष र ६९ जना महिला गरी कूल ४ सय ८८ जना कोरोना मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।