कोरोना भाइरस: विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो ६९ लाख ७० हजार संक्रमित (कहाँकति सूचिसहित)

काठमाडौं, २५ जेठ । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ५३४ जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या ४ लाख १ हजार ९सय ६४ पुगेको छ ।

विश्वका २१५ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ६९ लाख ७० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६९ लाख ७० हजार६३० पुगेको छ ।

३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ७८ हजार ५८३ जनाको मृत्यु भएको छ ।

२० लाख ७८ हजार ७३२ जना संक्रमित भएकोमा १० लाख ७३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३४ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ५२ हजार ४६५ पुगेको छ । त्यसमध्ये ९ लाख ९ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३४ हजार ६३७ जनाको मृत्यु भएको छ । १३ लाख २६ हजार ४२९ जना संक्रमित भएकोमा ८ लाख ३ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४८ हजार ६३७ जनाको मृत्यु भएको छ । ११ लाख ९ हजार ३२० जना संक्रमित भएकोमा ५ लाख २५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ८२ जनाको ज्यान गएको छ भने १ लाख ८५ हजार ९९६ जना संक्रमित छन् । संक्रमितमध्ये ८३ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६५ जना संक्रमित भएकोमा ८ हजार २७५ जना संक्रमणमुक्त भएका छन् ।