गोरखाको घ्याल्चोक सहित गण्डकी गाउँपालिकाको ९ जनामा कोरोना संक्रमण पुष्टि

रमेश रेग्मी, घ्याल्चोक । गोरखाको घ्याल्चोक सहित गण्डकी गाउँपालिकाको ९ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । वडा नं. ७ घ्याल्चोक स्थित ज्ञानमार्ग माबीको क्वारेन्टाइनमा रहेका मध्ये १ जनामा, वडा नं. ८ भिमोदय माबीको क्वारेन्टाइनमा रहेका मध्ये ४ जनामा र वडा नं. ४ दर्बुङको रत्नेश्वर माबीको क्वारेन्टाइनमा रहेका मध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो । उनीहरू सबै भारतबाट आइ क्वारेन्टाइनमा बसेका थिए । ती सबै क्वारेन्टाइनमा दर्जनौं स्थानियहरु भारतबाट आइ बसिरहेका छन ।
https://www.kalikadainik.com/2020/06/07/14327/
नेपालमा आज आइतबार बिहानै ३८ जनामा कोरोना संक्रमण पुष्टि