नेपालमा कोरोना संक्रमितको संख्या करिब साढे ३२ सय जना

काठमाडौँ, २४ जेठ । शनिबार थप ३ सय २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले

देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको जनाएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ जना पुगेको छ । त्यस्तै, प्रवक्ता देवकाटाका अनुसार शनिबार थप ३२ जना निको भएर घर फर्किएका छन् ।