रेडक्रस चितवनद्वारा सुस्त: मनस्थिति बिद्यालयका विद्यार्थीहरुलाई सहयोग

चितवन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनद्वारा सुस्त: मनस्थिति बिद्यालयका विद्यार्थीहरुलाई सहयोग गरिएको छ । शाखाका उपसभापति बिदुर के.सी.को विशेष पहलमा भरतपुर-१५ स्थित श्री सुस्त: मनस्थिति कल्याण बिद्यालयमा आवाशिय र डेकेयरमा रहेका गरि २९ जना सुस्त: मनस्थिति भएका बालबालिकाहरुलाई शारीरिक र मानसिक वृद्धि र बिकासका साथै बाल मनोबिकासमा टेवा पुग्ने किसिमका शैक्षिक, खेलकुद र स्वास्थ्य सम्बन्धि सामाग्री र पौष्टिक आहार सहितको झोला प्रदान गरिएको  हो ।

सुस्त:मनस्थिति कल्याण बिधालयका केन्द्रिय अध्यक्ष मुक्ति अधिकारीको अध्यक्षता तथा वडा न.१५ का वडाध्यक्ष शम्भूबहादुर भण्डारी प्रमुख आतिथी र रेडक्रस जिल्ला शाखाका उपसभापति  बिदुर के.सी.को विशिष्ट आतिथी रहेको कार्यक्रममा रेडक्रस चितवनका मन्त्री हरिप्रसाद पौडेल, कोषाध्यक्ष बिजयराज खनाल, मनोसामाजिक कार्यक्रम अधिकृत  प्रदिप सुबेदी, रेडक्रस उपशाखाका उपसभापति शंकर सिलवाल, सचीव जीवन के.सी., बिधालय ब्यवस्थापन समितिका पदाधिकारीहरु,अभिभावक, स्थानीय समाजसेवी र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सो सहयोग गरिएको थियो ।

कार्यक्रममा  बिधालयका प्राचार्य पूर्णकान्त कोईरालाले बिधालयको आफ्नो कुनै स्थायी र भरपर्दो आम्दानीको श्रोत नभएको र यस्तै सामाजिक संघ संस्था, स्वेच्छिक चन्दादाता, सरकारी गैरसरकारी निकाय र समाजसेवीहरुबाट प्राप्त सहयोगबाट संचालन गरीरहेको भन्दै सबैबाट निरन्तर सहयोगको अपेक्षा गरेका थिए ।कार्यक्रम सामाजिक दुरी कायम गरि, सुरक्षा र सावधानीका उपायहरु अवलम्बनका साथ सम्पन्न गरिएको थियो ।