बाँकेको राप्तीसोनारीमा गाडी दुर्घटना : १२ को मृत्यु, २१ घाइते

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भारतबाट फर्केका नेपाली नागरिक लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकेर राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।  मध्यरातमा भएको दुर्घटनामा २१ जना घाइते भएका छ्न । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा १ जना महिला र ११ जना पुरूष रहेका छन् ।

घाइते एक जनाको  उपचारका क्रममा अस्पतालमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित ३३ सवार थिए । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइ नसकेको जनाइएकाे छ  । शवहरू  भेरी अस्पतालको शव गृहमा राखिएका छन् ।