राजधानी काठमाडाैंमा भूकम्पकाे धक्का महशुस: धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

काठमाडाैं । राजधानी काठमाडाैंमा भूकम्पकाे धक्का महशुस भएकाे छ । ९ बजेर ३६ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएकाे हाे । काठमाडौं, धादिङसहित विभिन्न जिल्लामा यसको धक्का महशुस भएको छ ।

याे भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।