नेपाल थप १८९ जनामा कोरोनाको संक्रमण, संक्रमित संख्या १४ सय १ पुग्यो

काठमाडौं, १७ जेठ । आज थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराएका हुन् । यो सँगै कुल संक्रमितको संख्या १४ सय १ पुगेको छ । एक हजार दुई सय ८८ जना पुरुष र एक सय १३ जना महिला छन् । देवकोटाअनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २१९ पुगेको छ । जसमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन् । आजमात्रै १३ जना डिस्चार्ज भएका हुन् ।