चितवन माधवपुरका १ पुरुषको आरडिटिमा पोजेटिभ देखिए पनि कोरोना पोजेटिभ नभएको पुष्टी  

चितवन । चितवन माधवपुरका १ पुरुषको आरडिटिमा पोजेटिभ देखिए पनि कोरोना पोजेटिभ नभएको पुष्टी भएको छ ।
पुर्बी चितवनको रत्ननगर-१५, माधवपुरका १ पुरुषको आरडिटि पोजेटिभ देखिएकोले आज उनको कोरोनाको पिसिआर परिक्षण भएको थियो । गुन्जमान अस्पतालमा हिजो उनको आरडिटि पोजेटिभ देखिएकोले थप परिक्षणको लागि उनी सहित श्रीमती र छाेरीको पनि पिसिआर परिक्षणको लागि आज शुक्रबार स्वाब भरतपुरको कोरोना परिक्षण ल्याबमा पठाइएको अस्पतालका प्रशाशक मोहन खडकाले जानकारी दिए । ड्राइभर पेशा गर्दै आएका ती पुरुष सहित तिनै जनालाई सोही अस्पतालको क्वारेन्टाइनमा राखिएकाे  समेत खडकाले जानकारी दिए । भरतपुर स्थित ल्याबका अनुसार केही बेर अगाडि परिक्षण सम्पन्न गरिएको तिनै जनाको कोरोना  नेगेटिभ आएको छ । तिनै जनालाई कोरोना नभएको पुष्टि भएको हो।