नेपालमा दैनिक सयौं संक्रमीत थपिने क्रम जारी: आज थपिए १७० जना, संक्रमितको संख्या १,२१२ पुग्यो

काठमाडौं । विभिन्न जिल्लामा थप १ सय ७० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १ सय ७० जनामा कोरोना भाइरस संक्रमित फेला परेको जानकारी दिएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितसहित देशैभर संक्रमितको संख्या १,२१२ पुगेको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा झापाका २८, सप्तरीका ४, बाराका ४ जना, पर्सामा ५ जना, सर्लाही घरभइ ललितपुरमा रहेकी १ महिला, म्याग्दीमा १ जना, बाँकेमा १० जना, कपिलबस्तुमा ५१ जना, नवलपरासीमा २, रौतहटमा ५६ जना, सर्लाहीमा ४ जना, रुपन्देहीमा १ र दाङमा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अर्का एकजनाको विवरण भने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन