एम्बुलेन्स चालक संघद्वारा कालिका सगुनटोल कि लिलादेवीको घर निर्माण 

चितवन । संयुक्त एम्बुलेन्स चालक संघ चितवनद्वारा कालिका -७, सगुनटोल कि ७४ बर्षिय  लिलादेवी कार्कीको घर निर्माण गरिएको छ । आर्थिक अबस्था कमजोर भएकी कार्कीको घर निर्माणको लागि आवस्यक जस्ता पाता, फलामको पाइप लगायतका सामानहरु उपलब्ध गराइएको संघका सदस्य रबिन्द्र श्रेष्ठले जानकारी दिए । संघका जिल्ला अध्यक्ष सुमन घलेको समन्वयमा आर्थिक अबस्था कमजोर  भएकि कार्कीको घर निर्माण गर्न करिब ३० हजार रुपैयाको खर्चमा उनको घर बनाइ दिएको श्रेष्ठले जानकारी दिए ।

कार्कीलाई संघको तर्फबाट १ महिनाको लागि चामल, तेल, दाल, नुन, आलू लगायतको सामाग्रीहरु पनि सहयोग गरिएको थियो । साथै यस अगाडि नेपाल रेडक्रस सोसाइटी खोलेसिमलको तर्फबाट पनि कार्कीलाई बाल्टिन, त्रिपाल, भाडाबर्तनहरु पनि सहयोग गरिएको सोसाइटीका पुर्व अध्यक्ष गणेश शर्मा पौडेलले जानकारी दिए । यस अगाडी कार्कीले आर्थिक अभावका कारण स्याउलाले घर बनाइ बस्दै आएकि थिइन ।