प्रेस युनियन चितवनद्वारा मानव सेवा आश्रममा खाना

चितवन । स्थापना दिवसको अवसर पारेर युनियनले चितवन मानव सेवा आश्रममा खाना खुवाएको छ । भरतपुर महानगरपालिका ९ शरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा आश्रीत व्यक्तिहरुलाई युनियनले एक छाक खाना खुवाएको हो । समाजको हरेक पक्षमा युनियनको सहभागिता र सहयोग निरन्तरताको लागि आश्रममा रहेकाहरुलाई खाना खुवाएको युनियनका अध्यक्ष अनिल ढकालले बताए । स्थापना दिवसमा प्रत्येक वर्ष गरिने विविध कार्यक्रम यस पटक कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण समेट्न नसकेको अध्यक्ष ढकालले बताए।

मानसिक रूपले बिछिप्त,असहाय बेसहारा लाई आश्रममा आश्रय दिँदै आएको आश्रमका उपाध्यक्ष बिनोद ढकालले बताए । आश्रममा ३५ जना आश्रित छन्। विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खाना असमर्थ व्यक्तिहरु आश्रित छन । विश्वभरि महामारीकाे रुपमा फैलिरहेकाे काेराेना भाइरसका कारण भइरहेकाे लकडाउन काे आपतकालिन अवस्थामा पनि खाना सेवा प्रदान गरेको भन्दै आश्रमका सहसचिव सरोज ज्ञवालीले युनियनलाई धन्यवाद दिए ।