नेपालमा कोरोना संक्रमित संख्या ७७२ पुग्यो, फेरि ९० थपिए

काठमाडौं । मुलुकमा मंगलबार फेरि ९० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मुलुकमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।

संक्रमित मध्ये अहिलेसम्म १ सय ५५ जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् । ४ संक्रमितले भने जीवन गुमाएका छन् ।