भारतिय च्यानलहरूको बौद्धिक कंगाली देखेर हैरान छु, भारतले तत्काल वार्ता गरोस् : भारतीय पत्रकार आनन्द स्वरूप वर्मा

आनन्द स्वरूप वर्मा । टिभी स्क्रिनमा बोल्ड अक्षरहरूमा देखा पर्दछ, ‘भारत का खाओगी, चीन का गाना गाओगी ?’ अर्थात भारतको नुन खाएर चीनको गुनगान गर्ने ? त्यसपछि अभिनेत्री मनिषा कोइरालामाथि एबीपी न्यूजको ‘नमस्ते भारत’ कार्यक्रमका तीन एङ्करहरुले धावा बोल्छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो क्षेत्र भनी उल्लेख गर्दै नेपालले जारी गरेको नक्शालाई सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन, ‘हाम्रो सानो देशको गौरव कायम राख्नु भएकोमा हार्दिक धन्यवाद । हामी तीन महान देशहरू बीच शान्तिमय र मर्यादित वार्तालापको कामना गदैछौं ।’ बस यो यति मात्रै थियो । यो टिप्पणी एकदम नम्र भाषामा देशको सार्वभौमिकता र आत्म–सम्मानको रूपरेखा हो ।

कार्यक्रममा एङ्कर विकास भदौरियाले कसरी मनिषाले भारतमा बस्दा अथाह पैसा र शोहरत (चर्चा) पाइन भन्ने कुरा बताए । उनले सँगै यो पनि बताए कि आज उनी भारतको बिरूद्ध चीनसँगै उभिइन् । भदौरियाले भने, ‘खाते भारत का हैं और गीत चीन के गाते हैं।’ अर्थात भारतको खाएर चीनको पक्षमा बोल्छिन् । म यी समाचार च्यानलहरूको बौद्धिक कंगाली देखेर हैरान हुन्छु । के शिक्षित सम्पादक जस्तो व्यक्ति अब यी च्यानलहरूमा अवस्थित छैन ? के जाहिल (दु ष्ट) हरूको समूहले सबै कुरा निर्णय गर्दैछ कि यो प्रसारित गरिनु पर्छ कि हुँदैन ? वा यी च्यानलहरुमा केहि शिक्षित मानिस छन् जो चुप लाग्न वाध्य छन् ?

यस प्रश्नको जवाफमा मेरो एक मिल्ने पत्रकार मित्रले भने कि वास्तवमा मोदी सरकार आएदेखि र खास गरी जेएनयू प्रकरण पछि ‘राष्ट्रवादी’ र ‘राष्ट्रविरोधी’ जो एक ठूलो विचारधारा निर्माण भएको छ । भारतमा अहिले अपवादबाहेक हरेक च्यानल यसमा हरेक समाचार फिट होस् भन्ने चाहान्छन् । त्यसैको पछिल्लो सि का र मनिषा कोइराला पनि बन्न पुगिन् । मेरा मित्रका अनुसार यदि हामीले यस तरिकाले समाचार राख्यौ भने त्यहाँ प्रो–स्थापना हुनेछ । जस्लाई वास्तवमै पत्रकारिता गर्न आवश्यक छ, उ च्यानल बाहिर हुनुपर्छ ।

दिउँसो सम्ममा, यो समाचार एक बहसको रूपमा देखियो, जुन सामान्यतया च्यानलहरूको प्रवृत्ति भएको छ । अब यो समाचार च्यानलको सब भन्दा समझदार र अनुभवी एङ्कर रोमाना ईसर खानको हातमा थियो । तर रोमानाको मनोवृत्ति बिहानको पालीमा पनि देखिएको थियो । रोमानाले पनि महसुस गरिन् कि भारतले मनिषा कोइरालालाई सबै कुरा प्रदान गर्‍यो तर उनी आज चीनसँगै उभिरहेकी छिन् ।

कसरी एउटा समझदार एङ्कर सत्ता र शक्तिको दबाब अन्तर्गत अन्जान मूर्खताको दलदलमा फस्छ ? यो नै यसको गत्तिलो उदाहरण हो । रोमानाको प्रश्न यो थियो कि, ‘सत्तरी (७०) बर्षमा नेपालले पहिलो पटक भारतलाई आँखा देखाउन खोजिरहेको छ ?’ यो वाक्य कुनै पनि पत्रकारको होइन तर साना छिमेकी देशको सार्वभौमिकताको अवहेलना गर्ने शासक वर्गको सदस्यको भने अवश्य हो । यो सम्भव पनि छ ।

यद्यपि यस कार्यक्रममा दुई विज्ञहरू थिए– भारतीय जनता पार्टी (भाजपा) का प्रेमशंकर शुक्ला र सेनाका रिटायर्ड मेजर जनरल जीडी बख्शी । दुबैलाई थाहा थिएन कि नक्साको सम्पूर्ण कुरा के हो ? तर हर समयमा कुनै तयारी बिना चीन र पाकिस्तान बिरुद्द बोल्न सकिन्छ । दुवैले चीनको षडयन्त्रलाई प्रकाश पारे र जनरल बख्शीले भारतका विगतका सरकारहरूले जवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट माओवादीहरू नेपाल पठाएको नतिजा अहिले अहिले हामी भोगिरहेका छौं भन्ने थियो । उनीहरुले यस पृथ्वीको एक मात्र हिन्दू राष्ट्रलाई बचाउन आग्रह गर्दै आफ्नो ज्ञान प्रकट गरे । दोस्रो विद्वान प्रेमशंकर शुक्लाले नेपालका माओवादी नेता प्रचण्डलाई जेएनयूमा भारतले हुर्काएकोमा दुःख व्यक्त गरे ।

रोचक कुरा के भने, प्रचण्डको जेएनयूसँग कहिल्लै सरोकार थिएन । तर, अवश्य पनि बाबुराम भट्टराईले जेएनयूबाट विद्यावारिधी गरेका हुन् । एङ्कर रोमानाले महसुस गरिन् कि उनीहरूलाई लामो समय सम्म पर्दामा राख्नु ठीक होइन, त्यसैले बहस समाप्त भयो । कारण भनियो कि कांग्रेसको तर्फबाट तपाईको आरोपको जवाफ दिने कार्यक्रममा कोही छैन ।

कुनै पनि च्यानलमा तार्किक रूपमा हेर्नुपर्ने कुनै कारण थिएन कि कालापानी, लिपुलेक विवाद वास्तवमा के हो ? जसकारण दुई देशको अवस्था यति तनावपूर्ण हुन गएको छ ? समयमै संवादको माध्यमबाट यसको समाधान किन हुँदैन ? नेपालका दुई छिमेकीहरू छन्–भारत र चीन । भारतसँगको विशाल सांस्कृतिक, सामाजिक र भौगोलिक निकटताको बावजूद आज किन नेपाल चीनको नजिक देखिन्छ ? भन्नेबारे कसैले छलफल गरे ? यसको बाबजुद, यो मान्न थाले कि नेपालले चीनको इशारामा नयाँ नक्शा तयार गरिसकेको छ भने तर कसरी यो सब भयो यस कुराको न छेउ न टुप्पोमा पुग्न सके । नेपाल किन दुरी बनाउँदैछ ? भनेर उनीहरु सरकारमाथि प्रश्न गर्न सक्दैनन् ।

भारतले कालापानी र चीनले लिपुलेकमा दावा पेश गर्दै आएका छन् । यो कुरा बुझ्नुहोस्, शासकहरू र तिनीहरूका पिट्ठू पत्रकारहरू । यो उपनिवेशवादी मानसिकताबाट छुटकारा पाउनुहोस् कि सानो राष्ट्र–साना सार्वभौमिकता भन्ने हुँदैन । सार्वभौमिकता कुनै देशको भौगोलिक आकार र आर्थिक स्थिति द्वारा मापन हुँदैन । जबसम्म तपाईंले यो बुझ्नुहुन्न, तपाईंले छिमेकीहरूबाट घृणा प्राप्त गरिरहनुहुनेछ र चीन वा पाकिस्तानमाथि दोष लगाउनुहुनेछ ।

-लेखक आनन्द स्वरूप वर्मा हिन्दी पत्रकार, अनुवादक र लेखक हुनुहुन्छ । ‘समकालीन तेस्रो विश्व’ का संस्थापक र सम्पादक हुनुहुन्छ । तेस्रो विश्वका एक जानकार व्यक्ति पनि हुनुहुन्छ ।