पुर्बी चितवनको माधवपुरमा खुल्ला रक्तदान कार्यक्रम हुँदै 

चितवन । पुर्बी चितवनको रत्ननगर-१५, माधवपुरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । हाल अस्पतालहरुमा  रगतको अभाव भएको भन्दै दिग दर्शन युवा क्लबको संरक्षकत्वमा यही जेठ १५ गते बिहीबार बिहान रक्तदान कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक सुसन पन्तले बताए । साथ सबैको फेसबूक ग्रुप अभियानको आयोजनामा हुने सो कार्यक्रम नमुना टोल स्थित श्री आधारभुत बिधालयको प्राङ्गणमा हुने अभियानका सदस्य राज कुमार देवकोटाले जानकारी दिए ।