नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो: २० जनामा थप कोरोना पोजेटिभ

काठमाडाैँ । थप २० जनामा कोरोना पोजेटिभ देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । योसँगै संक्रमितको संख्या ५०७ पुगेको छ । शुक्रबारमात्र २१ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्किएका छन ।

 

प्रवक्ता देवकोटाका अनुसार शुक्रबार कैलालीका ३ पुरूष, डडेलधुराका १ जना पुरूष, बैतडीका १ जना पुरूष, बाँकेका १४ जना पुरूष र मोरङमा १ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायरा अझै बढाउँदै लगिने बताएको छ ।