प्रचलित :

चितवन । चितवनको राप्ती नगरपालिका वडा नं. १० को ठकुरी भञ्ज्याङ् र जिम्लीङका चेपाङलाई अमेरिका बस्ने नेपालीद्वारा खाध्यान्न सहयोग गरिएको छ । रत्ननगर-३ शान्तिचोक स्थाई घर भइ हाल अमेरिका बस्दै आएका बद्री खनालले सो गाउँका ३८ घर चेपाङ परिवारलाई चामल,नुन,तेल सहयोग गरेका हुन ।

https://www.facebook.com/100008888208417/videos/vb.100008888208417/2325352854437632/?type=2&theater

सो सहयोग उनले आफ्नो भाइ हरिकृष्ण खनाल मार्फत सहयोग गरेका हुन । सो सहयोग बितरणको समन्वय चेपाङ अभियान्ता एंव गामबेसीको चेपाङ केन्द्रका अध्यक्ष केपी किरण शर्माले गरेका थिए । सो अबसरमा समाजसेवी मुरलीप्रसाद गजुरेलको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !