ब्रेकिङ न्युज: नेपालमा कोरोना लागेका तेस्रो व्यक्तिको मृत्यु

रुपन्देही, जेठ ७ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराई रहेको गुल्मीका कोराना संक्रमित शिक्षकको मृत्यु भएको छ ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते अस्पतालमा भर्ना भएका थिए भने सोमबार मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुने उनि तेस्रो व्यक्ति भएका छन्।