लायन्स क्लब अफ चितवन कालिकाद्वारा डुम्रीचोककी २ महिनाको सुत्केरी सहित २ परिवारलाई खाद्यान्न सहयोग 

चितवन । पुर्बी चितवनको रत्ननगर-१४,डुम्रीचोककी सुत्केरी महिला भवानी अर्याल सहित २ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । खाद्यान्न अभावका कारण सुत्केरीलाई दैनिक गुजारा चलाउन समस्या भएको थाहा पाई २ महिनाकी सुत्केरी अर्याललाई चामल, ज्वानो, मेथी, तेल, नुन, दाल सहयोग गरिएको हो ।
लायन्स क्लब अफ चितवन कालिकाका सचिब बुद्धि प्रसाद अधिकारीले सो सहयोग सामाग्रीहरु खरिद गरि सहयोग गर्नु भएको हो । सो सामाग्री क्लबका सचिब अधिकारीले आर्थिक अभावमा परेकी सुत्केरी महिलालाई सहयोग गर्न पाँउदा खुशी लागेको बताउनु भयो । साथै २ महिनाकी सुत्केरी अर्यालले सहयोग पाएकोमा लायन्स क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । सो सामाग्री सुत्केरी महिलाकै घरमा पुगि हस्तान्तरण गरिएको थियो ।
साथै सो स्थानमा सुत्केरीलाई सहयोग हस्तान्तरण गर्ने क्रममा सोही स्थानमा बस्ने बृद्ध-बृद्धा देवीबहादुर सिंखडा र स्याउन्तादेवी सिंखडाले पनि आर्थिक अभावका कारण खान नपाएकाे थाहा पाई क्लबको तर्फबाट उहाँहरुलाई पनि चामल, दाल, तेल लगायतको सामाग्री सहयोग गरिएको छ । सो सहयोग क्लबका अध्यक्ष सुदर्शन अधिकारी, कोषाध्यक्ष हरिकुमार श्रेष्ठ र पुर्व अध्यक्ष शिशिर सिंखडाले गर्नु भएको थियो ।