नेपालमा थप १८ जनामा देखियो कोरोना, संक्रमित संख्या ३७५ पुग्यो

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय जनस्वँस्थ्य प्रयोगशाला काठमाडौं, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा नयाँ संक्रमण देखिएको हो ।  धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँके नैनरापुर निवासी १२ जना पुरुष, दैलेख आठविसकोट निवसी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष, झापा निवासी १ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् ।  उनका अनुसार सबै संक्रमितको अवस्था सामान्य छ । त्यस्तै उनीहरु चिकित्सकहरुको सम्पर्कमा रहेका छन् ।