खोटाङमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा ३ सय ५९ जना संक्रमित

काठमाडौँ, ५ जेठ । खोटाङमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ का २० वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना पुष्टि भएको जनाइएको छ । उनलाई विराटनगर कोशी अस्पताल लाने तयारी भइरहेको छ ।

ति युवक गत वैशाख १२ गते काठमाडौँबाट खोटाङ पुगेका थिए । नगरपालिकाले काठमाडौँमा रहेकाको उद्धार गर्दा उनी पनि त्यही टोलीमा रहेका थिए । उनी काठमाडौँमा फाइनान्समा काम गर्ने तथा उनको थप विवरण लिने काम भइरहेको बताइएको छ ।

पछिल्लो संक्रमितसँगै नेपालमा ३ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।