मन्त्रिपरिषद बैठकद्धारा लिम्पियाधुरासहितको नेपालको नक्शा पारित

काठमाडौं, ५ जेठ । आज बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्शा पारित गरेको एक मन्त्रीले जानकारी दिए । जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको बताउँदै ती भूमि फिर्ता गर्ने बताएकी थिईन् ।