भारतबाट आएका झापाका एक युवकमा कोरोना देखियो, संक्रमितको संख्या ३ सय ५८

काठमाडौँ । झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ति युवक केही दिन अगाडी भारतबाट आएका थिए ।

गाउँपालिकामा भारतबाट आएका ६० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा एक जनामा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या ३ सय ५८ जना पुगेको छ ।