नेपालमा फेरि १५ दिन थपियो लकडाउन, जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

 काठमाडौं । लकडाउन फेरि १५ दिन थपिएको छ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।  आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको सिफारिस अनुसार थप १५ दिन लकडाउन जारी राख्ने निर्णय गरेको हो ।