सिन्धुपाल्चोककी सावित्री तिमल्सिनाको ९ दिनका यी शिशु जसले कोरोनाका कारण मातृत्व गुमाए

काठमाडौँ ।  बिहीबार राति धुलिखेल अस्पततालमा मृत्यु भएकी सिन्धुपाल्चोककी सावित्री तिमल्सिनाको शिशु ले मातृत्व गुमाएको छ । कोरोनाको कारण मातृत्व र खुशी खोसिने शिशु बन्नपुगेका छन । यी अबोध शिशुले खुला संसारमा आएको ९ दिनमै आफूलाइ जन्मदिने माता गुमाएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत २९ वर्षीय सावित्रीको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका छन । धुलिखेल अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित सावित्रीको अन्त्येष्टि ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि(२०७६’ अनुसार भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भैसकेको थियो । उनको थ्रोड स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनी मृत्यु हुनेमा नेपालको पहिलो कोरोना संक्रमित भएकी छिन । ज्वरो देखिएर श्वास्प्रश्वासमा समस्या देखिएपछि सावित्रीलाइ बिहबार राति धुलिखेल अस्पताल पुर्याइएको थियो ।

बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन । वैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएकी ती सावित्रीले २४ गते शिशु जन्त्माएकी थिइन भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्किएकी थिइन ।

यो पनि पढ्नुहोस्

https://www.kalikadainik.com/2020/05/16/13543/
नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु

https://www.kalikadainik.com/2020/05/16/13548/
नेपालमा कोरोना संक्रमित मध्ये एक जनाको मृत्यु, संक्रमितको संख्या २८१ जना