कोरोना भाइरस: चीनलाई उछिनेर भारत ११ औँ स्थानमा, एकदिनमा झण्डै ४ हजार संक्रमित

एजेन्सी । भारतले कोरोना भाइरसमा चीनलाई पछि पारेको छ । चीनलाई उछिनेर भारत ११ औँ स्थानमा पुगेको छ । भारतमा आजमात्रै झण्डै ४ हजार संक्रमित भेट्टिएका छन् ।

भारतमा यो समाचार तयार पार्दासम्म ८५ हजार ७ सय ६० जना संक्रमित छन् । चीनमा ८२ हजार ९ सय ३३ जना संक्रमित छन् ।

भारतमा अहिलेसम्म २ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ । चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिले जम्मा ९१ जना मात्रै संक्रमित छन् ।

भारतमा चीनलाई उछिनेर एसियामा सबैभन्दा धेरै संक्रमित हुने देश भएको छ । पछिल्ला दिनमा भारतमा झण्डै ४ हजारका दरले संक्रमित थपिन थालेका छन् ।

भारतका महाराष्ट्र, दिल्ली, उत्तरप्रदेश, पश्चिम बंगाल, पञ्जाब लगायत प्रान्तमा धेरै संक्रमण फेला परेको छ ।