नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २६७ पुगेको छ । आज (शुक्रबार) बेलुकी थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २६७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा, वीरगञ्ज ९ का १० वर्षीय बालक, २३, ४७ वर्षीया महिला संक्रमित भएका छन् ।

त्यस्तै उदयपुर त्रियुगा न.पा. निवासी २५ वर्षीय पुरूष, दाङकाे गढवाका ४, ५ र तुलसीपुर-७ निवासी २३, ३६, ३४ वर्षीय पुरूषहरू र काठमाडाैंकाे सतुंकल निवासी ७ वर्षीय बालक संक्रमित भएका छन् । उनीहरूकाे सबैकाे स्वास्थ्य सामान्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

आजसम्म ३६ जना संक्रमित उपचारपछि निको भइसकेका छन् ।