कोरोना संक्रमितको संख्या २४६ पुग्यो: नवलपरासीमा थप एकजनामा संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४६ पुगेको छ । पछिल्लो संक्रमण नवलपरासीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित नवलपरासीका ४९ वर्षीय पुरुष रहेका छन् । योसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनको हिजो (बुधबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएको थियो । कोरोना पोजिटिभ आएपछि उनलाई अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र चिकित्सकहरुको निगरानीमा राखिएको भरतपुर अस्पतालका मेडिकल सुरिटेण्डेण्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।

ती पुरुष घर नगई सिधै कोरोना अस्पतालमा परीक्षण गर्न पुगेका थिए । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले ती पुरुषले घरमा समेत आफूले परीक्षण नगराई नआउने बताएको जानकारी दिए ।