महामारीको रुप लिंदै कोरोना संक्रमण २२ जिल्लामा पुग्यो, कुन जिल्लामा कति ?

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेको छ। हिजो (मंगलबार) एकै दिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

नेपालका २२ जिल्लामा पुगेको कोरोना संक्रमणबा संक्रमितमध्ये यो समाचार तयार पार्दासम्म ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

जिल्लागत रुपमा हेर्दा नेपालमा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा देखिएका छन्।

पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगको छ। त्यस्तै उदयपुरमा ३० जना कोरोना संक्रमित फेला परेका छन्।

यस्तै, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौँमा ४, मोरङमा २, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हिजो एकै दिन ८३ संंक्रमित फेला परेसँगै केही खुकुलो भएको काठमाडौँको लकडाउन पुनः भोलि बिहीबारबाट कडया हुने भएको छ । सरकाले भोलिदेखि लागुहुनेगरी एक जिल्लाबाट अर्को जिल्लमा जानका लागि दिएका सबै पास रद्ध गरेको छ ।

पहुँचवालाहरुले पास लिएर दुरुपयोग गरेको भन्दै आलोचना हुन थालेपछि सरकारले यसअघि जारी गरेका सबै पास रद्द गर्ने निर्णय गरेको हो। गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ।

उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको गृह मन्त्रालयले जनाएको छ।